Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Parliamentary probe on Rabi Lamichhane: संसदीय छानबिनको प्रभावकारिताबारे कुराकानी -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगीमा जोडिएको दाबीसहित संसदीय छानबिन समितिको गठनको आफ्नो माग राख्दै बुधवार पनि सदन अवरुद्ध गरेको छ। नेपाली कांग्रेसले मङ्लवार पनि संसद् अवरुद्ध गरेको थियो। तर पूर्वसभामुख दमननाथ ढुङ्गानाले त्यस प्रक्रियाबाट "नतिजा कम" देखिने भए पनि सरकार र प्रतिपक्ष दुवैले "प्रतिष्ठाको विषय" बनाइरहेको बीबीसीलाई बताएका छन्। सुन्नुहोस् ढुङ्गानासँग बीबीसी न्यूज नेपालीका लागि प्रदीप बस्यालले गरेको कुराकानी। #BBCNepali #NepaliCongress #RabiLamichhane