Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Paris Olympics 2024: ओलिम्पिक्सका बेला प्यारिसबाट 'बेघर मानिस र आप्रवासी निष्कासित'- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
प्यारिस ओलिम्पिक्स २०२४ लाई खेलकुदको उत्सवका रूपमा मात्र नभई आयोजक सहर प्यारिसका लागि दिगोपन र पुनर्निर्माणको अवसरका रूपमा पनि लिइएको छ। तर स्थानीय निकायहरूले आप्रवासी, शरणार्थी र बेघर मानिसहरूलाई प्यारिसका सडकबाट निकालेर फ्रान्समा अन्यत्र पठाएको अभियानकर्ताहरूले दाबी गरेका छन्। उनीहरूले त्यसलाई "सामाजिक सफाया" को सङ्ज्ञा दिँदै उक्त कदमबाट सडकमा आश्रित आप्रवासीहरू अप्ठ्यारोमा परेको बताएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Paris2024 #Olympics