HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Night School in Pakistan: बालश्रमिकलाई पढाउन राति कक्षा चलाउने पाकिस्तानी विद्यालय-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

पाकिस्तानमा झन्डै दुई करोड ६० लाख बालबालिका विद्यालय नजाने अनुमान गरिएको छ। तीमध्ये धेरै श्रममा संलग्न छन्। त्यहाँको कानुनमा पनि काम गर्न पूरा गर्नुपर्ने न्यूनतम उमेर तोकिएको छ। तर धेरै बालबालिका कलिलो उमेरमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। फैसलाबाद सहरमा पनि धेरै बालश्रमिक छन्। ती श्रमिकलाई शिक्षाको अवसर प्रदान गर्न त्यहाँका एक व्यक्तिले विशेष किसिमको विद्यालय सञ्चालन गरेका छन्। बालश्रमिकहरूले दिउँसो काम गर्नुपर्ने हुनाले विद्यालयमा राति मात्र पढाइ हुन्छ। उक्त विद्यालयका संस्थापक तथा केही विद्यार्थीसँग कुरा गरेर बीबीसीको 'पीपल फिक्सिङ द वर्ल्ड'ले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #School #Education