Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Neuralink brain chip: पक्षाघात भएका युवा 'ब्रेन चिप'को सहयोगमा चेस खेल्न थाले -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
गत ज्यानुअरी महिनामा इलोन मस्कको न्यूरालिङ्क कम्पनीले काँधमुनि पक्षाघात भएका नोलन अर्बाँको मस्तिष्कमा 'ब्रेन चिप' राखिएको बताएको थियो। त्यसको दुई महिनामा ती युवकले उक्त ब्रेन चिपको सहयोगमा कम्प्युटर स्क्रीनमा चेस खेलेको भिडिओ सार्वजनिक भएको छ। झन्डै आठ वर्षअघि अर्बाँ एउटा दुर्घटनामा पर्दा उनका हात र खुट्टा नचल्ने भएका थिए। तर अहिले ब्रेन चिपको सहायतामा आफूले कम्प्युटरमा कर्सरको चाल नियन्त्रण गर्न सकेको र त्यसका आधारमा चेस खेलेको उनी बताउँछन्। मस्ककै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा भिडिओ प्रत्यक्ष प्रसारण गर्दै उनले अनलाइन चेस खेलेको देखाइएको हो। चिपको सहयोगमा काम चेस खेल्न सकेकोमा अर्बाँले खुसी व्यक्त गरेका छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BrainChip #Neuralink