Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepalis killed in Russian Army: रुसले पाँच जना नेपालीको अस्तु सरकारलाई दियो - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
रुसी सेनामा कार्यरत रहँदा युक्रेनसँगको युद्धमा ज्यान गुमाउने नेपालीहरूमध्ये पाँच जनाको अस्तु रुसले नेपालस्थित उनीहरूका आफन्तलाई दिएको छ। पाँचै परिवारले काठमाण्डूको पशुपति आर्यघाटस्थित वाग्मती नदीमा अस्तु विसर्जन गरेका छन्। अस्तु पाएर सेलाए पनि आफूले पाउनुपर्ने क्षतिपूर्ति नपाएको उनीहरूको गुनासो छ। तीमध्ये दुई जनाको परिवारसँग कुरा गरेर महोत्तरीबाट विजयकुमार सिंह र कास्कीबाट कृष्णमणि बरालको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #RussiaUkraineWar #UkraineWar