HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepalis in foreign employment: वैदेशिक रोजगारीमा गएका नेपालीको स्वास्थ्य समस्या - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

एउटा उच्चस्तरीय विशेषज्ञ कार्यदलले वैदेशिक रोजगारीमा गएका कैयौँ नेपालीले काम गर्ने स्थानमा आवश्यक परेको बेला उचित स्वास्थ्य सेवा नपाएको औँल्याउँदै द्विपक्षीय श्रम सम्झौतामै त्यसलाई सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंह संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा नेपाली कामदारहरूले गन्तव्य मुलुकमा सामना गरिरहेका विभिन्न स्वास्थ्य समस्याहरूलाई अन्त्य गर्नेगरी योजनाहरू बनाउन तथा नीति तथा नियम परिमार्जन गर्न सुझाव दिइएको उक्त कार्यदलकी सदस्यसचिवसमेत रहेकी श्रम मन्त्रालकी उपसचिव शारदा राउतले बताइन्। सुन्नुहोस् राउतसँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी। #BBCNepali #MigrantWorkers #ForeignEmployment