Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepali kids in the US: अमेरिकामा कखरा सिक्दै नेपाली विद्यार्थी -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाली समुदायका बालबालिकालाई संस्कृति र परम्परा सिकाउन अमेरिकामा नेपाली भाषाको पढाइ फलदायी बनेको अभिभावक तथा शिक्षकले बताएका छन्। आप्रवासी नेपाली भएका जापान, अमेरिका, ब्रिटेन लगायतका मुलुकमा त्यसरी नेपाली भाषा र संस्कृति सिकाउने केन्द्रहरू खोलिएका जानकारी सार्वजनिक हुने गरेका छन्। अमेरिकाको जर्जिया राज्यको एटलान्टा सहरमा त्यस्तै एक केन्द्र नेपाली बालबालिकालाई लक्षित गरी सञ्चालनमा छ। झन्डै ५० जना विद्यार्थीले साप्ताहिक रूपमा पढ्ने उक्त स्कूलमा नेपाली भाषाको पढाइको साथै नेपाली नृत्य, रितिरिवाज तथा चाडपर्वको बारेमा पनि जानकारी गराइन्छ। भिडिओ: कृष्णमणि बराल/कमल परियार #BBCNepali #NepalisinUS #Education