HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal vs Sri Lanka: खेलअघि नेपाली कप्तान भन्छन्,‘हामीलाई भन्दा श्रीलङ्कालाई दबाव छ’- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

आइसीसी टी-२० क्रिकेट विश्वकपमा नेपालको दोस्रो खेल सुरु हुनुअघि नेपाली कप्तान रोहित पौडेलले आफ्नो टोलीलाई भन्दा श्रीलङ्काली टोलीलाई बढी दबाव रहेको बताएका छन्। ‘ग्रूप अफ डेथ’ भनिएको समूह ‘डी’ मा रहेको नेपाल र टेस्ट राष्ट्र श्रीलङ्काको खेल नेपाली समयानुसार बुधवार बिहान हुँदै छ। फ्लोरिडाको लाउडर हिलस्थित 'सेन्ट्रल ब्रोवर्ड क्रिकेट स्टेडिअम'मा नेपालले आफ्नो दोस्रो खेलमा जित निकाल्ने विश्वास कप्तान रोहित पौडेलको छ। नेपालको दोस्रो खेलअघि फ्लोरिडामा भएको प्रीम्याच कन्फरन्समा कप्तान पौडेल र श्रीलङ्काली बलिङ कोच अकिब जावेदको भनाइ समेटिएको यो भिडिओ हेर्नुहोस्। भिडिओ : निरञ्जन राजवंशी सम्पादन : कमल परियार #BBCNepali #T20WC2024 #NepalCricket