HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal vs Netherlands T20WC 2024: खेलअघि नेपाली कप्तानले देखाएको आत्मविश्वास - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

आइसीसी टी-२० क्रिकेट विश्वकपमा नेपालको पहिलो खेल सुरु हुने समयसँगै नेपाली क्रिकेट समर्थकहरूको ढुकढुकी तीव्र भइरहेको छ। ‘ग्रूप अफ डेथ’ भनिएको समूह ‘डी’ मा रहेको नेपालका लागि १० वर्षपछिको विश्वकप अवसर तरबारको धारमाथिको यात्रा भएको क्रिकेटका कतिपय पण्डितहरू टिप्पणी गर्छन्। तर नेपाल कुनै पनि टोली भन्दा कमजोर नभएको विश्वास कप्तान रोहित पौडेलको छ। नेपालको पहिलो खेलअघि ड्यालसमा भएको प्रीम्याच कन्फरन्समा कप्तान पौडेल र नेदरल्यान्ड्सका प्रशिक्षकको भनाइ समेटिएको यो भिडिओ हेर्नुहोस्। भिडिओ : निरञ्जन राजवंशी सम्पादन : कमल परियार #BBCNepali #NepalCricket #T20WC2024