HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal tiger conservation: बाघको सङ्ख्यासँगै मानिससँग द्वन्द्व बढ्दो, समाधानको खोजी - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेपालले बाघको संरक्षणको क्षेत्रमा पछिल्ला केही वर्षमा उल्लेख्य सफलता हासिल गरे पनि सङ्ख्या बढेसँगै व्यवस्थापनमा चुनौती देखिएको छ। गएको पाँच वर्षमा बाघको आक्रमणमा परी ६९ जनाको मृत्यु भएको सरकारी अधिकारीहरू बताउँछन्। बाघ र मानिसबीचको द्वन्द्व बढ्दै गएका बेला आज नेपालमा पनि 'मानव बाघ सहअस्तित्व र समृद्धि' भन्ने नारासहित विश्व बाघ दिवस मनाइएको छ। यसै सन्दर्भमा हामीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानासँग बाघ र मानिसबीचको द्वन्द्व न्यूनीकरण गर्न सरकारले के गर्दै छ भनेर सोधेका छौँ। सुन्नुहोस् बीबीसी न्यूज नेपालीका लागि पवनराज पौडेलले गरेको कुराकानी। #BBCNepali #Tiger #Wildlife