Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal ruling alliance: सत्ता गठबन्धनप्रति एकीकृत समाजवादीको असन्तुष्टि - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखले दिएको समय सीमा आइतवार सकिँदासमेत मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै तर्फबाट दुई जनाको दाबी परेपछि नियुक्ति अनिर्णीत बनेको छ। तर त्यसको असर नेकपा एकीकृत समाजवादी हुँदै केन्द्रीय सत्ता गठबन्धनसम्ममा देखिएको छ। माधवकुमार नेपाल नेतृत्वको सो दलले केन्द्रीय रूपमा बनेको सत्ता गठबन्धनले आफूलाई मुख्यमन्त्री नदिएर किनारा लगाउन खोजेको भन्दै सुदूरपश्चिममा कांग्रेससहितको गठबन्धनमा उभिएको छ। उक्त दलका प्रवक्ता जगन्नाथ खतिवडाले बीबीसीसँग कुरा गर्दै कुनै एक प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री सुनिश्चित नगरे गठबन्धनमा बसिरहने औचित्य कम भएर जाने प्रतिक्रिया दिएका छन्। सुन्नुहोस् खतिवडासँग बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले गरेको कुराकानी। #BBCNepali #NepalPolitics #UnifiedSocialist