Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal prepare T20 World Cup 2024: विश्वकपका लागि नेपाली टोलीको तयारी कस्तो छ - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
अमेरिका र वेस्ट इन्डिजमा हुने यस वर्षको टी२० विश्वकपमा जतिको तयारी गर्न राष्ट्रिय क्रिकेट टोलीले यसअघि नेपालको क्रिकेट इतिहासमै कहिल्यै नपाएको बताइन्छ। खेलाडीहरू यति व्यस्त भए कि लामो यात्रा र विभिन्न खेल स्थलका कारण खेलाडीहरू थकित हुन पुगेको भन्ने गुनासोसम्म सुनियो। तर विश्वकपमा आफ्नो पहिलो खेल खेल्ने अघिल्लो दिनसम्म पनि नेपाली टोली अभ्यासमै व्यस्त छ। नेपाली टोलीका कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देसाईसँग विश्वकपमा टोलीको तयारीबारे कुराकानी गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्। भिडिओ : निरञ्जन राजवंशी सम्पादन : कमल परियार #BBCNepali #NepalCricket #T20WC2024