HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal politics: वैकल्पिक गठबन्धनको सम्भावनाबारे कांग्रेस नेता भन्छन्? -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएसँगै कांग्रेसले पनि वैकल्पिक गठबन्धन बनाउन सक्ने अड्कलबाजी भइरहेका छन्। संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नै उक्त कदमको नेतृत्व गरेको चर्चाले नेपाली राजनीतिक वृत्तमा तरङ्ग निम्त्याएको छ। प्रचण्डले लामो गृहकार्यपछि नेकपा एमालेसँग गठबन्धन गरेको कांग्रेसले निष्कर्ष निकालेको छ। वैकल्पिक गठबन्धनको सम्भावनाबारे नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्मासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #NepaliCongress #NepalPolitics