Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal in T20 World Cup: नेपाल र श्रीलङ्काको खेल कस्तो होला? पृथु बास्कोटाको विश्लेषण-BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी पृथु बास्कोटाले टी२० विश्वकपमा नेपालले श्रीलङ्काविरुद्ध दबाव नलिई खेलेमा परिणाम आफ्नो पक्षमा पार्न सक्ने बताएका छन्। यो प्रतियोगितामा नेदरल्यान्ड्ससँगको आफ्नो पहिलो खेलमा नेपालले गरेका त्रुटि औँल्याउँदै समूह चरणका आगामी खेलमा नेपालले सावधानीपूर्वक खेल्नुपर्ने उनको धारणा छ। सन् २०२१ देखि अमेरिकामा बस्दै आएका बास्कोटा सन् २०१६ यता राष्ट्रिय टोलीबाट खेलेका छैनन्। यू१५, यू१७ र यू१९ गरी उमेर समूहका तीनवटै प्रतियोगिताको कप्तानी गर्ने उनी एक मात्र नेपाली खेलाडी हुन्। अमेरिकाको फ्लोरिडामा नेपाल र श्रीलङ्काबीच खेल हुन लागेको छ। त्यसै सन्दर्भमा बास्कोटासँग कुराकानी गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्। भिडिओ : निरञ्जन राजवंशी सम्पादन : कमल परियार #BBCNepali #NepalCricket #T20WC2024