HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal in T20 World Cup 2024: नेपालको सम्भावित प्रदर्शनबाट महिला टोलीको अपेक्षा - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

शनिवार सुरु भएको टी२० विश्वकपमा नेपालले "अप्रत्याशित नतिजा निकाल्न सक्ने" नेपाली महिला क्रिकेट खेलाडीहरूले बताएका छन्। हाल एशिया कपको तयारीमा जुटिरहेका उनीहरूले विश्वकपमा नेपाली पुरुष टोलीको प्रदर्शन हेर्न आफूहरू निकै उत्साहित र आतुर रहेको बताए। नेपालले आगामी मङ्गलवार अमेरिकाको ड्यालसमा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेलेर विश्वकप यात्रा सुरु गर्दै छ। विश्वकपमा छनोट भएसँगै पुरुष टोलीले गरेको तयारी, शारीरिक तन्दरुस्ती र आत्मविश्वासका आधारमा यसले राम्रो नतिजा निकाल्ने महिला क्रिकेट खेलाडीको विश्लेषण छ। टी२० विश्वकपमा नेपाल 'ग्रुप अफ डेथ' अर्थात् बाङ्ग्लादेश, श्रीलङ्का र दक्षिण अफ्रिकाजस्ता बलिया प्रतिस्पर्धी रहेको समूहमा छ। महिला क्रिकेट खेलाडीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #T20WC2024 #NepalCricket