HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal exam results: के नेपालमा विद्यार्थी 'फेल' हुने दर कम गर्न सम्भव छ? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

प्रधानमन्त्री केपी शर्मा ओलीले 'एसईई' र 'प्लस टू'मा पछिल्ला वर्षहरूमा देखिने गरेको अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या २० प्रतिशतले घटाउने बताएका छन्। नतिजा सुधारका लागि राज्यले आवश्यक कदम चाल्न अब ढिलो हुन थालेको भन्दै कतिपय शिक्षाविद्‌ले सचेत गराउँदै आएका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले के प्रधानमन्त्रीले भनेजस्तै अनुत्तीर्ण सङ्ख्या २० प्रतिशतले घटाउन सम्भव देखिन्छ भनेर शिक्षाविद्‌ डा. विद्यानाथ कोइरालालाई सोधेका छन्। सुन्नुहोस् कुराकानी। [यसअघि प्रकाशित यो सामग्रीमा त्रुटि भएकाले यसलाई सच्याएर पुनः प्रकाशन गरिएको छ।] #BBCNepali #Education #Exam