Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal electricity trade: बाङ्ग्लादेशमा विद्युत् निर्यात सुरु गर्दै नेपाल - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
लामो समययताको प्रयासपछि त्रिपक्षीय सम्झौता भएको करिब डेढ महिनामा नेपालले भारतीय पूर्वाधारको प्रयोग गरी बाङ्ग्लादेशलाई बिजुली निर्यात गर्न लागेको अधिकारीहरूले बताएका छन्। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताएअनुसार दुईवटा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बाङ्ग्लादेश पठाइने छ। तत्काल आर्थिक रूपमा ठूलै फाइदा नभए पनि यो निर्यात क्षेत्रीय स्तरमा बिजुली किनबेचको दिशामा एउटा कोसेढुङ्गा साबित हुने नेपाली अधिकारी तथा ऊर्जाविज्ञहरूले बताउँदै आएका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #Electricity #Energy