Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal Earthquake: के नेपाल अर्को ठूलो भूकम्प थेग्न तयार छ? --BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
करिब ९००० जनाको ज्यान गएको २०७२ सालको भूकम्पमा १० लाख भन्दा बढी निजी भवनहरू भत्किएको सरकारी तथ्याङ्क छ। गोरखा जिल्ला केन्द्रबिन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पमा ७,७३०९५ भवन पूर्ण रूपमा र २, ९८९९८ भवन आंशिक रूपमा क्षति भएको थियो। उक्त भूकम्पमा काठमाण्डू उपत्यकामा माटो नराम्रो भएका ठाउँमा बनेका र डिजाइन नगरेर बनाइएका अधिकांश भवनहरू भत्किएको विभिन्न अध्ययनले देखाएको छ। भूकम्प प्रतिरोधी घर कस्तो बनाउने र सर्वसाधारणलाई भवन आचार संहिता पालना गर्न के के कठिनाइ छन्? सृजना श्रेष्ठले बनाएको यो भिडिओमा हेर्नुहोस्। #BBCnepali #Earthquake #NaturalDisaster