Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal cricket fans in World Cup: ड्यालसमा भेटिएका नेपाली क्रिकेट फ्यानहरू - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
यस वर्षको टी२० विश्वकप क्रिकेटमा नेपालले नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्दा अमेरिकाको ड्यालसस्थित ग्र्यान्ड प्रेरी रङ्गशाला नेपाली समर्थकहरूले छपक्कै ढाकिएको थियो। अनुमान गरिए झैँ रङ्गशालाभरि निलो र रातो रङका जर्सी लगाएका समर्थकले नेपालको पक्षमा हुटिङ गरिरहे। सम्पूर्ण वातावरण नेपालको पक्षमा थियो तर नतिजा नेपालको विपक्षमा गयो। तर हार हुँदा पनि समर्थक निराश देखिएनन्। हेर्नुहोस् केही समर्थकहरूसँग कुरा गरी बीबीसी न्यूज नेपालीले बनाएको यो भिडिओ। भिडिओ : निरञ्जन राजवंशी सम्पादन : कमल परियार #BBCNepali #NepalCricket #T20WC2024