Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal corruption law: नयाँ कानुनमा भ्रष्टाचार मुद्दामा हदम्यादको प्रस्तावको विरोध - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अहिले संसद्को राज्य व्यवस्था तथा सुशासन समिति भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै छ। यस विधेयकमा भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद राख्न खोजिएको भन्दै विरोध भइरहेको छ। विपक्षी पार्टीहरूसँगै सत्तारूढ नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा एमाले पार्टीले यसबारे केही बताएको छैन। यसै सन्दर्भमा सुन्नुहोस् विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Corruption #NepalPolitics