Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal airfare: चर्को हवाई भाडा वृद्धि कम गर्न सरकार के गर्दै छ?- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
हवाई भाडामा चर्को वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूले आफूहरू मर्कामा परेको भए पनि त्यसको नियन्त्रण गर्न सरकार चुकेको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे विस्तारका लागि राती १० घण्टा विमानस्थल बन्द हुँदै आएको छ। साथै पर्यटक धेरै आउने मौका पारेर हवाई भाडामा अस्वाभाविक रूपमा वृद्धि गरिएको भन्दै वैदेशिक रोजगार व्यवसायीले सरकारको हस्तक्षेप नपुगेको बताएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भने, ‘ब्लकमा टिकट ल्याउने र ब्ल्याकमा बेच्ने कार्य रोक्ने भनिए पनि रोकिएको छैन। अनुसन्धान जारी छ र दोषीले उन्मुक्ति पाउँछु भनेर नसोचे हुन्छ।’ हवाई भाडासम्बन्धी गुनासो बढेपछि मन्त्रालयले एउटा अध्ययन कार्यदल बनाएको छ र एअरलाइन्स कम्पनीहरूसँग पछिल्लो टिकट बिक्रीको विवरण माग गरेको छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #AirTicket #MigrantWorkers