Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nep vs South Africa: 'सुपर ८' मा पुगिसकेको दक्षिण अफ्रिकासँग खेल्न नेपाललाई कति सहज?-BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपालले शनिवार बिहान दक्षिण अफ्रिकासँग टी२० विश्वकप क्रिकेटको ३१औँ खेल खेल्दै छ। समूह चरणका तीन खेल जितेर 'सुपर ८'मा स्थान बनाइसकेको दक्षिण अफ्रिकासँग नेपालले पहिलो पटक खेल्न लागेको हो। नेपालका कप्तान रोहित पौडेलले विश्वकपको मञ्चमा क्षमतानुसार प्रदर्शन गर्ने विश्वास व्यक्त गरे भने दक्षिण अफ्रिकी खेलाडी कागिसो रबाडाले नेपाललाई आफूहरूले सहज रूपमा नलिएको बताएका छन्। यसअघिका दुई खेलमध्ये पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग हारेको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा खेलको अघिल्लो दिन पत्रकार भेटघाटमा कप्तान पौडेल र दक्षिण अफ्रिकी खेलाडी कागिसो रबाडाको भनाइ समेटिएको यो भिडिओ हेर्नुहोस्। भिडिओ : निरञ्जन राजवंशी सम्पादन : कमल परियार #BBCNepali #T20WC2024 #NepalCricket