Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Neom The Line: मरुभूमिमा १०० माइल लामो अत्याधुनिक सहर बनाउन साउदी सरकार के गर्दै छ - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
साउदी अरबका एक भूतपूर्व गुप्तचर अधिकारीले साउदी अरबमा निर्माणाधीन 'नीअम' परियोजनाका लागि गाउँ खाली गराउन सुरक्षाकर्मीलाई स्थानीय गाउँलेहरूविरुद्ध घातक बल प्रयोग गर्ने अनुमति दिइएको बताएका छन्। साउदी अरबको पश्चिमोत्तर भागको मरुभूमिमा भएका गाउँहरू खाली गराएर एक करोड मानिस अट्ने अत्याधुनिक सहर बनाउने काम चलिरहेको छ। उक्त परियोजनाका लागि ४०० अर्ब पाउन्ड खर्च लाग्ने छ। यो परियोजना साउदी अरबलाई आधुनिक बनाउने युवराज मोहम्मद बिन सलमानको चाहनाअनुसार बन्न लागेको हो। बीबीसी अरेबिक र बीबीसी भेरिफाईले संयुक्त रूपमा तयार पारेको यो सामग्री हेर्नुहोस्। #BBCNepali #Neom #TheLine