Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Mount Etna erupts: एट्ना ज्वालामुखी पर्वत चार वर्षपछि फेरि सक्रिय - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
युरोपको सबैभन्दा अग्लो ज्वालामुखी पर्वत एट्नामा फेरि विस्फोटन हुन थालेको छ। उक्त पर्वत भूमध्यसागरमा रहेको सिसिली टापुमा अवस्थित छ। एट्ना पर्वत चार वर्ष शान्त देखिएको थियो। तर केही सातादेखि त्यहाँ ज्वालामुखी सक्रिय हुन थालेको छ। उक्त पर्वतमाथि धुवाँ र खरानीको ठूलो मुस्लो उठेपछि नजिकै रहेको काटान्या अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानहरू प्रभावित भएका छन्। ज्वालामुखीका कारण आकाशमा तुँवालो लागेपछि उक्त विमानस्थलतिर उडेका कैयौँ विमानहरू अन्यत्र मोडिएका छन्। निकै सक्रिय भए पनि उक्त ज्वालामुखी विस्फोटन हुँदा ठूलो क्षति भने हुने गरेको छैन। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Etna #EtnaVolcano