Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Most tattooed woman in the world: शरीरको ९९.९८% भागमा ‘ट्याटू’ बनाएकी यी महिला - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
शरीरभरि ट्याटू खोपाएकी एस्परान्स फुएर्जिनाले 'गिनिस वर्ल्ड रेकर्ड्स' पुस्तकमा विभिन्न विधामा आफ्नो नाम लेखाएकी छन्। उनी संयुक्त राज्य अमेरिकाकी भूतपूर्व सैनिक हुन्। उनीसँग शरीरमा सर्वाधिक ट्याटू भएकी महिला, सर्वाधिक ट्याटू बनाउने जीवित व्यक्ति र शरीरमा सर्वाधिक परिवर्तन गराएकी महिलाको उपाधि छ। सबैप्रति दया गर्नुपर्छ भन्ने मान्यता राख्ने यी महिलाले १० वर्षको अवधिमा आफ्नो शरीरको ९९.९८ प्रतिशत देखिने भागमा ट्याटू बनाएकी हुन्। उनले टाउकोको छाला, दुवै आँखाको ढकनी, आँखाको सेतो भाग, गिजा, जिब्रो र दुवै पैतालामा पनि ट्याटू बनाएकी छन्। आगामी महिना सेप्टेम्बरमा प्रकाशित हुन लागेको 'गिनिस वर्ल्ड रेकर्ड् २०२५' पुस्तकमा उनको नाम समाविष्ट हुने छ। हेर्नुहोस् यो रोचक भिडिओ। #BBCNepali #tattoo #tattooart