Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Menstruation and toilet: नयाँ शौचालय बनेपछि छात्राहरू महिनावारी हुँदा घर बस्दैनन् -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
जान्जिबारको एउटा विद्यालयमा पढ्ने छात्राहरू महिनावारी हुँदा घरमै बस्थे। पैँतीस सय छात्रछात्रा भएको उक्त विद्यालयमा छवटा मात्रै शौचालय थिए। तर अहिले त्यहाँको परिस्थिति फेरिएको छ। एउटा स्थानीय गैरसरकारी संस्थाले उक्त विद्यालयसँग मिलेर १२ वटा नयाँ शौचालय निर्माण गरिदिएको छ। सफा र नयाँ शौचालय बनेपछि अहिले छात्राहरू पहिलाको जस्तो सङ्कोच नमानी विद्यालय जान्छन्। हेर्नुहोस् यो भिडिओ।