Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Malaria vaccine: औलोबाट जोगाउन अब बालबालिकालाई खोप - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
औलो रोगका कारण विश्वभरि प्रत्येक वर्ष पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ। लामखुट्टेले सार्ने उक्त रोगबाट जोगाउने उद्देश्यले एउटा खोप पनि बनाइएको छ। क्यामरूनमा परीक्षण गरेपछि विश्व स्वास्थ्य सङ्गठनले उक्त खोपलाई मान्यता दिएको छ। सन् २०२४ र २०२५ भित्र अढाई लाख बालबालिकालाई उक्त खोप दिने लक्ष्य राखिएको छ। तर खोपमा खासै रुचि नदेखाइने अफ्रिकी देशहरूमा बालबालिकाका अभिभावकलाई औलोविरुद्ध निर्मित यो खोप लगाउन आश्वस्त पार्नु निकै चुनौतीपूर्ण मानिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Malaria #Immunisation