Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Lionel Messi: 'चोटकै कारण हङ्कङमा नखेलेको हुँ': मेस्सी -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
हङ्कङमा फुटबल नखेलेको विषयमा लिओनेल मेस्सीले फेरि स्पष्टीकरण दिएका छन्। आफू चोटग्रस्त भएको भन्दै मेस्सी फेब्रुअरी ४ मा हङ्कङमा आयोजित इन्टर मायामी क्लबको मैत्रीपूर्ण खेलमा बेन्चमा बसेका थिए। तर त्यसको केही दिनपछि जापानमा उनी मैदानमा देखा परेपछि उनका चिनियाँ प्रशंसकहरू चिढिएका छन्। चीनमा उनी निकै लोकप्रिय थिए। चिनियाँ अधिकारीहरूले आर्जेन्टिनाले मार्च महिनामा चीनमा नाइजिरिया र आइभरी कोस्टसँग खेल्न लागेका दुइटा मैत्रीपूर्ण खेल स्थगित गरिदिएका छन्। उनीहरूले त्यसको कारण सर्वविदित रहेको बताएका छन्। चिनियाँ सामाजिक सञ्जाल ‘वेबो’मा एउटा सोमवार एउटा भिडिओ पोस्ट गर्दै मेस्सीले आफू हङ्कङमा नखेल्नु र जापानमा खेल्नुको कारण बताएका छन्। उनले खेलजीवनको सुरुदेखि नै आफ्नो चीनसँग "निकै निकट र विशेष सम्बन्ध" भएको बताए। #BBCNepali #Messi #Football