Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Kukur Tihar: दुई महिलाको हत्या अनुसन्धानमा सघाएको कुकुर बन्यो उत्कृष्ट- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपाल प्रहरीले यस वर्ष ‘टाइगर’ नामको कुकुरलाई 'उत्कृष्ट प्रहरी कुकुर' छनोट गरेको छ। नेपाल प्रहरी केनाइन कार्यालयका अनुसार सिन्धुपाल्चोक र नुवाकोटमा दुई महिलाको हत्या भएका घटनाको अनुसन्धान गर्न यो कुकुरले सघाएको थियो। कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन ‘टाइगर’लाई सम्मान दिइने छ। हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधिको पहिचान र प्राकृतिक विपद्का घटनामा उद्धार तथा खोजी कार्यमा तालिमप्राप्त कुकुर प्रयोग गरिँदै आएको छ। हाल नेपाल प्रहरीले देशभरिका १२ स्थानबाट विभिन्न प्रजातिका १०० वटा कुकुर परिचालन गर्दै आएको छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #Tihar #DogTihar