HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

KP Oli government: नयाँ सरकार समावेशी नभएकोबारे समावेशी आयोगको धारणा -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

चौथो पटक सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेका मन्त्रिपरिषद्‌मा पुराना र केही नयाँ अनुहारसहित २२ जना छन्। नवगठित मन्त्रिपरिषद्‌मा जम्मा दुईजना महिला छन् भने दलित र मुस्लिमलगायतका कतिपय समुदायको प्रतिनिधित्व शून्य रहेको छ। मन्त्रिपरिषद्‌को समावेशिताबारे अनेक प्रश्न उठिरहेको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझासँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #OliGovernment #NepalPolitics