Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
King Charles: अस्ट्रेलियाको संसद्मा राजा चार्ल्सको विरोध -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अस्ट्रेलियाको संसद्मा सम्बोधन गरेपछि राजा चार्ल्सले त्यहाँकी एक सांसदबाट विरोध खेप्नुपर्यो। स्वतन्त्र सिनेटर लिडिया थोर्पले इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई उपनिवेश बनाएको र त्यहाँ नरसंहार गरेको आरोप लगाउँदै राजा चार्ल्सको चर्को विरोध गरिन्। "यो तपाईँको भूमि हैन, तपाईँ मेरो राजा हैन," उनले भनिन्। थोर्प आदिवासी समुदायकी हुन्। उनले सरकार र त्यहाँका आदिवासी 'फर्स्ट पीपल'सँग सन्धि हुनुपर्ने माग गरेकी छन्। राजा चार्ल्स र रानी कमिला अस्ट्रेलियाको दोस्रो भ्रमणमा गएका छन्। संसद्मा राजा चार्ल्सको विरोध गरेपछि उनले बीबीसी कुरा गरेकी छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #KingCharles #LidiaThorpe