Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Kathmandu school rule: विद्यालयको नाम ‘मौलिक’ राख्न काठमाण्डू महानगरको निर्देशन -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
काठमाण्डू महानगरपालिकाले उसको क्षेत्रभित्र रहेका सबै संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न ३५ दिनको म्याद दिएको छ। महानगरपालिकाको शिक्षा विभागले एउटा सूचना प्रकाशित गर्दै त्यस्ता विद्यालयलाई नामकरणका लागि पुनः ताकेता गरेको हो। पछिल्लो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र शिक्षा विभागमा अनिवार्य रूपमा सम्पर्क गर्न महानगरपालिकाले भनेको छ। यसै सन्दर्भमा सुन्नुहोस् काठमाण्डू महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर र शिक्षाविद् विद्यानाथ कोइरालासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Schools #NepalEducation