Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Israel jobs for Nepalis: इजरेलमा थप कामदार पठाउँदै नेपाल -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार अर्थात् 'केअरगिभर'का रूपमा थप नेपाली नागरिकहरूलाई लिन इजरेल तयार भएको अधिकारीहरूले बताएका छन्। नयाँ सहमतिअनुसार हाल पठाइने भनिएका बाहेक अब थप १,२०० जनासम्म नेपाली कामदारले इजरेल जान पाउने छन्। दुई देशबीच भएको सरकार-सरकार बीचको सम्झौता अर्थात् जीटूजी अन्तर्गत हाल ८०० जनासम्म कामदार पठाउनका लागि प्रक्रिया सुरु भइसकेको छ। यद्यपि युद्धमा रहेको इजरेलमा नेपाली नागरिकलाई पठाउनु "सुरक्षित नहुने" भन्दै अधिकारकर्मी तथा नागरिक समाजका कतिपय व्यक्तिले प्रक्रिया रोक्न माग गरिरहेका छन्। यसै सन्दर्भमा सुन्नुहोस् श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालसँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी। #BBCNepali #ForeignJobs #Israel