Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Ismail Haniyeh Hamas: मारिएका हमास नेता इस्माइल हानियाका अन्तिम दिनहरू - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए। हमासका अनुसार इरानको तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। तर इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन। हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए। उक्त समारोह मङ्गलवार भएको थियो। #BBCNepali #Hamas #IsmailHaniyeh