HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Iron lung: 'आइरन लङ' के हो र यसले कसरी काम गर्छ -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

सात दशकसम्म 'आइरन लङ' नामक विशेष उपकरणमा बसेर जीवन बिताएका एक व्यक्तिको हालै मृत्यु भएको छ। अमेरिकाको टेक्सस राज्यका पोल एलेक्जान्डरलाई छ वर्षको उमेरमा पोलियो रोग लागेको थियो। पोलियो बिग्रिँदै गएर उनको श्वासप्रश्वास प्रणालीमा समस्या देखा परेपछि सास फेर्न सक्षम बनाउने उनलाई उक्त चिकित्सकीय उपकरणमा राखिएको थियो। त्यसपछि उनी आजीवन त्यसमै रहे। पोलियो रोगविरुद्ध खोप आविष्कार हुनुअघिसम्म यो यन्त्र धेरै प्रचलनमा थियो र यसका कारण हजारौँ मानिसको ज्यान बचेको थियो। अठहत्तरवर्षे पोलको मृत्यु भएको दुई साता बितिसके पनि यो उपकरणबारे अझै चर्चा भइरहेको छ। यसबारे थप थाहा पाउनका लागि यो भिडिओ हेर्नुहोस्। #BBCNepali #IronLung #Health