Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Indonesia volcano: ज्वालामुखी विस्फोट हुँदा खरानीको ५ किमि अग्लो मुस्लो -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
पूर्वी इन्डोनेशियास्थित इबु ज्वालामुखी पर्वतमा विस्फोटन हुँदा खरानीको मुस्लो आकाशमा पाँच किलोमिटरभन्दा माथिसम्म पुगेको छ। ज्वालामुखी विस्फोटन भएपछि सरकारी निकायहरूले चेतावनी जारी गरेका थिए। उक्त घटनाबाट धनजनमा क्षति पुगेको नपुगेको जानकारी प्राप्त भएको छैन। उत्तर मालुकु प्रान्तमा पर्ने हल्माहेरा टापुमा आकाशमा खरानीको मुस्लो उठेको देखिने तस्बिरहरू सार्वजनिक भएका छन्। #BBCNepali #IndonesiaVolcano #NaturalDisaster