Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Indonesia new capital Nusantara: इन्डोनेशियाको नयाँ राजधानीको दिगोपन 'अनिश्चित' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
इन्डोनेशिया अहिले जाकार्ताबाट नुसान्तारा नामको नयाँ सहरमा राजधानी सार्ने प्रक्रियामा छ। त्यसलाई गति दिनका लागि केही दिनअघि राष्ट्रपति जोको विडोडोले मन्त्रिपरिषद्को बैठक नै नयाँ सहरमा आयोजना गरे। यो उनको कार्यकालको सबैभन्दा महँगो परियोजना हुने छ। सरकारले यसलाई 'स्मार्ट', हरित र दिगो सहरका रूपमा प्रचार गरे पनि कतिपय मानिसहरूले यसको दिगोपनबारे शङ्का व्यक्त गरेका छन्। निरन्तर भासिँदै गएको र खानेपानीको समस्याबाट पीडित जाकार्ताभन्दा नयाँ सहर नुसान्तारा कति फरक छ भन्ने कुरा अझै अनिश्चित रहेको विज्ञहरूको पनि मत छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Nusantara #Indonesia