HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Indonesia election and shamanism: चुनाव जित्न 'धामीझाँक्री'को सहयोग लिँदै उम्मेदवार- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

आगामी फेब्रुअरी १४ मा इन्डोनेशियामा निर्वाचन हुँदै छ। त्यस दिन त्यहाँका २० करोडभन्दा धेरै जनताले आफ्ना राष्ट्रपति, राष्ट्रिय तथा क्षेत्रीय विधायक चुन्न लागि मतदान गर्ने छन्। चुनावअघि नेताहरू प्रचारप्रसारमा व्यस्त रहँदा केही भने 'दैवीशक्ति' भएको विश्वासमा परम्परागत 'गुरु' तथा 'धामीझाँक्री'को सहयोग लिन थालेका छन्। इन्डोनेशियालाई संसारको तेस्रो ठूलो प्रजातान्त्रिक देश मानिन्छ। त्यहाँ विश्वमै सबैभन्दा धेरै मुस्लिमको बसोबास छ। इस्लामले अल्लाहबाहेक अरू दैवीशक्तिलाई स्वीकार नगर्ने भए पनि त्यहाँको जनजीवनमा धामीझाँक्रीहरूको ठूलो प्रभाव छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Indonesia #Shamanism