HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

India rape protest: 'रात कसैको निजी सम्पत्ति हैन' भन्दै भारतमा चर्को विरोध प्रदर्शन- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

एक महिला चिकित्सकको बलात्कार र हत्या भएपछि भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा र देशका विभिन्न स्थानमा हजारौँ महिलाहरूले विरोधप्रदर्शन गरेका छन्। कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकमाथि गत साता शुक्रवार आक्रमण भएको थियो। झन्डै ३६ घण्टा निरन्तर काम गरेपछि थाकेकी ती चिकित्सक एउटा सभाकक्षमा निदाएकी थिइन्। त्यसको भोलिपल्ट उनका सहकर्मीहरूले त्यहाँ उनको अर्धनग्न शरीर फेला पारे। उनको शरीरमा निकै चोटपटक लागेको थियो। उक्त घटना सार्वजनिक भएपछि भारतभरि आक्रोश उत्पन्न भएको छ। महिलामाथि हुने यौनिक हिंसाको विरोध गर्न सामाजिक सञ्जालमा आह्वान गरिएपछि बुधवार राति कोलकातामा हजारौँ महिलाहरूले 'रिक्लेम द नाइट' जुलुस निकाले। दिल्ली, हैदराबाद, मुम्बई र पूणेमा पनि मानिसहरूले विरोधप्रदर्शन गरे। कोलकातामा बीबीसीले उक्त कार्यक्रम आयोजना गर्नेमध्येकी एक रिमझिम सिन्हासँग कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Women #Gender