HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

India-Pakistan smog: भारत र पाकिस्तानमा विषालु तुवाँलो, 'सास फेर्नै गाह्रो'- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भारत र पाकिस्तानमा विषालु धुवाँ मिसिएको तुवाँलो फैलँदा विशेषतः बालबालिकालाई सास फेर्नै गाह्रो भएको स्थानीयवासीले बताएका छन्। प्रदूषणको स्तर कम गर्न अनि बालबालिका र वयस्कलाई समेत सास फेर्न सजिलो बनाउनका लागि विभिन्न उपकरणको प्रयोग गरिए पनि त्यो उपाय प्रभावकारी हुन नसकेको उनीहरूको गुनासो छ। सवारीसाधनबाट निस्किने बाक्लो धुँवा अनि किसानहरूले बालीको अवशेष जलाएका कारण दुवै देशमा वारपार नै तुवाँलो फैलिएको छ। यो मौसममा प्रत्येक वर्ष यस्तो समस्या निम्तिने गरेको छ। भिडिओ हेर्नुहोस्। #BBCNepali #Smog #AirPollution