Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
India leopard: भारतीय बालकले चितुवालाई यसरी कोठाभित्र थुने - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
आनन्दले बसेर फोन चलाइरहँदा तपाईँको कोठाभित्र चितुवा पस्यो भने तपाईँ के गर्नुहुन्छ? भारतको महाराष्ट्रस्थित नाशिक जिल्लामा एक बालकले चितुवालाई कोठाभित्र थुनेको दृश्य अहिले ‘भाइरल’ भएको छ। साई सेलब्रेशन लनको कार्यालयको एक कोठामा चितुवा पस्दा १२ वर्षे मोहितविजय अहिरे ढोका नजिकै रहेको सोफामा बसेर मोबाइलमा खेलिरहेका थिए। मोहित डरले भागेनन्, बरु संयमित भए र चितुवालाई भित्र राखेर ढोका बन्द गरे। आफू चाहिँ बाहिर भागे। पछि वन विभागका अधिकारीहरूले चितुवालाई नियन्त्रणमा लिए। सीसीटीभीमा खिचिएको यस दृश्यमा आधारित यो भिडिओ हेर्नुहोस्। #BBCNepali #India #Leopard