HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Human trafficking Oman: ओमानमा 'दासी' बनाइएका ५० भन्दा बढी अफ्रिकी महिलाको उद्धार - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

एउटा ह्वाट्स्याप समूहको पहलमा खाडी राष्ट्र ओमानमा जबर्जस्ती श्रम गराइएका तथा यौन शोषणबाट पीडित ५० भन्दा बढी घरेलु महिला कामदारको उद्धार गरिएको छ। संयुक्त राज्य अमेरिकाकी सोशल मिडिया अभियन्ता पिलिलानी मोम्बे न्योनीले सुरु गरेको समूहले मलावी सरकारको सहयोगमा मलावीका ती महिलाहरूको उद्धार गरेको हो। यस अभियानमा मलावी सरकारले १,६०,००० डलर खर्च गरिसकेको जनाएको छ। बीबीसी अफ्रिकाले उद्धार गरिएकामध्ये केही महिला तथा उक्त ह्वाट्स्याप समूहकी संस्थापकसँग कुरा गरेर एक वृत्तचित्र बनाएको छ। उक्त वृत्तचित्रका मुख्य दृश्य समावेश गरिएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #HumanTrafficking #Women