Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
HIV AIDS Kenya: केन्यामा एचआईभीको औषधि र परीक्षण किट ओसार्न ड्रोन - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
केन्यामा १५ लाख जना एचआईभी/एड्स भएका मानिस छन्। केही वर्षयता एचआईभी भएका मानिसको कुल सङ्ख्या घटे पनि युवायुवतीमा नयाँ सङ्क्रमण पुष्टि हुने प्रतिशत बढेको छ। ड्रोनबाट सामान ढुवानी र वितरण गर्ने 'जिपलाइन' नामक कम्पनीले ग्रामीण भेगमा बस्ने उच्च जोखिम भएका समूहहरूका लागि एचआईभी परीक्षण गर्ने किट र उपचारमा प्रयोग हुने औषधि वितरण गर्ने एउटा परियोजना थालेको छ। बीबीसी विश्व सेवाको 'पीपल फिक्सिङ द वर्ल्ड'ले ड्रोन प्रयोग गरेर कसरी ती सामग्री वितरण गरिन्छ भन्ने अवलोकन गरेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Kenya #AIDS