Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Haka New Zealand: न्यूजील्यान्डको संसद्मा भएको विरोध प्रदर्शनको भिडिओ 'भाइरल' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
न्यूजील्यान्डको संसद्मा गत बिहीवार केही सांसदहरूले गरेको विरोध प्रदर्शन अहिले संसारभर 'भाइरल' भएको छ। 'माउरी' समुदायका सांसदहरूले उक्त देश स्थापना हुँदा आफ्नो समुदायसँग गरिएको एक सन्धि पुनर्व्याख्या गर्न बनाइएको एक विधेयकको विरोध गर्दा त्यसबारेको मतदान अवरुद्ध भयो। उक्त समुदायका सदस्यहरूले विधेयकको विरोधमा कैयौँ दिन लामो विरोध कार्यक्रम घोषणा गरेका छन् र पुनः संसद् अवरुद्ध हुने अपेक्षा गरिएको छ। #BBCNepali #NewZealand #Parliament