HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gunaraj Ruchal Muay Thai Nepal: थाई बक्सिङ विश्व च्याम्पिअनशिपमा नेपालीलाई स्वर्ण - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

‘मुई थाई’ अर्थात् थाई बक्सिङको १९ औँ विश्व च्याम्पिअनशिपमा ओखलढुङ्गाका गुणराज रुचालले स्वर्ण पदक जितेका छन्। सन् २०१६ बाट मुई थाई खेल्न थालेका ३१ वर्षीय गुणराजले पुरुष ५४ केजीतर्फ 'सेमिप्रो' समूहमा यस्तो सफलता हासिल गरेका हुन्। नेपाली सेनामा आबद्ध उनले थाईल्यान्डमा भएको उक्त प्रतिस्पर्धाको फाइनलमा इटलीका खेलाडीलाई पराजित गरेर पहिलो पटक नेपाललाई यस्तो सफलता दिलाएको नेपाल राष्ट्रिय मुई थाई सङ्घले जनाएको छ। गुणराजको सफलता र सङ्घर्ष समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #MuayThai #Sports