Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gaza war paramedics: ज्यान जोखिममा राखी उपचार र उद्धारमा गाजाका स्वास्थ्यकर्मी - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
युद्धग्रस्त गाजामा सर्वसाधारण मानिसमाथि आक्रमण भयो भने उनीहरूसँग पहिलो विकल्प हुन्छ : १०१ मा फोन गरेर स्वास्थ्यकर्मीलाई खबर गर्ने। प्यालेस्टिनी रेड क्रेसन्टले यो फोन सेवा सञ्चालन गरेको हो। बीबीसी न्यूज अरेबिकले उक्त मानवतावादी संस्थामा कार्यरत केही स्वास्थ्यकर्मीहरूसँगै रहेर उनीहरूको दैनिक जीवनको दृश्य खिच्ने दुर्लभ अवसर पाएको छ। त्यस क्रममा उनीहरूले आफ्नो ज्यान जोखिममा पारेर कसरी अरूको उद्धार र उपचारमा काम गर्छन् भन्ने देखियो। स्थानीय पत्रकार फेराज अल-अज्रामीले युद्धको पहिलो महिना केही एम्बुलेन्स चालकहरूसँग यात्रा गरेर बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Gaza #IsraelPalestineWar