Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Foreign interference Nepal: प्रचण्डले बालुवाटार बैठकमा गरे ‘विदेशी चलखेल’को चर्चा - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा देखिने गरेका असन्तुष्टिमा अन्तर्राष्ट्रिय चलखेल समेत रहेको भन्दै चिन्ता व्यक्त गरेको एक नेताले बीबीसीलाई बताएका छन्। नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले समाजवादी मोर्चाको बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रचण्डले त्यस्तो बताएको जानकारी दिए। सुन्नुहोस् बीबीसी न्यूज नेपालीका शरद केसीले समाजवादी मोर्चाको बैठकका क्रममा प्रधानमन्त्री प्रचण्डलाई भेटेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग गरेको कुराकानी। #BBCNepali #ForeignInterference #Prachanda