Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Female infanticide India: भर्खर जन्मिएका बालिकाको जीवनरक्षा गर्न थालेका सुँडिनीहरू - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
तीस वर्षअघि उत्तर भारतको एउटा गाउँमा स्थानीय सुँडिनीहरूले एउटा कहालीलाग्दो खुलासा गरेका थिए। क्यामरासामु बोल्दै उनीहरूले आफूले नवजात बालिकाहरूको कसरी हत्या गर्दै आएका थिए भन्ने वर्णन गरेका थिए। यसअघि उनीहरूको अन्तर्वार्ता सार्वजनिक भएको थिएन। 'बीबीसी आई' ले ग्रामीण भारतमा विद्यमान शिशुहत्याका घटनाहरूको इतिहासबारे अनुसन्धान गरेको छ। #BBCNepali #Childmortality #India