Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Elephant picnic Nepal: हात्तीको मुखमा ‘२,००० केजी खाना’ दिइएको चितवनको 'पिकनिक' - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका निजी होटेलहरूले पालेका हात्तीहरूलाई कम्तीमा १५ प्रकारका झन्डै २,००० केजी खाना खुवाएर 'वनभोज' गराइएको छ। पाँच दर्जनको सङ्ख्यामा हात्तीहरू सहभागी रहेको उक्त 'वनभोज'मा उनीहरूलाई मन पर्ने विभिन्न फलफूल घाँसपात र अन्न खुवाइएको छ। उखु, ड्रागन फ्रुट, स्याउ, केरा, खर्बुजा, धान, भेली, नुन, चनालाई हरियो घाँसमा बेरेर बनाइने कुची खुवाएर 'वनभोज' गरिएको आयोजकले बताए। हात्तीलाई वर्षभरि काम गराएर एक दिन मात्र मिठो खुवाउने नभई हरेक दिन पोषणयुक्त खाना खुवाइनुपर्ने आगन्तुकको भनाइ छ। भिडिओ : कमल परियार/ईश्वर जोशी