Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dry landslide Nepal: नेपालमा सुक्खा पहिरोको समस्या व्यापक, कारण के होलान्? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सुक्खा पहिरोका कारण मदन भण्डारी राजमार्गअन्तर्गत दाङ-सल्यान कालिमाटी-सुर्खेत सडकखण्ड मङ्गलवार बिहानैदेखि अवरुद्ध भएको छ। विगत दुई दिनयता सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ तिपेनीमा सुक्खा पहिरो नरोकिँदा स्थानीयवासी त्रसित बनेका विवरण आएका छन्। सुक्खा पहिरोकै कारण सोमवार काभ्रेको बेथानचोक गाउँपालिकाको पार्थली-ढुङ्खर्क सडकखण्ड अवरुद्ध बन्यो। विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा सुक्खा पहिरो जाने क्रम बढिरहेको देखिन्छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकस्थित विपद् अध्ययन केन्द्रका निर्देशक डा. वसन्तराज अधिकारीलाई नेपालमा यति धेरै सुक्खा पहिरो किन गइरहन्छ भनेर सोधेका छन्। सुन्नुहोस् कुराकानी। #BBCNepali #Landslides #NaturalDisaster